२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख नियुक्त, आजै सपथ

२० वैशाख, काठमाडाैँ । सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

नवनियुक्त प्रदेश प्रमुखको आजै राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहण गराउने कार्यक्रम छ । पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीको जनसम्पर्क सल्लाहकार हुनुहहुन्छ भने यादव संविधानसभाको पूर्व उपसभामुख हुनुहुन्छ ।

प्रकाशित मिति : 17:04