‘कांग्रेस र जसपाको अग्निपरीक्षाः जनतामा जाने कि भ्रष्ट कम्युनिष्ट घटकसँग रमाउने’
२० वैशाख, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कांग्रेस र जसपाको अग्निपरीक्षा सुरू भएको बताउनुभएको छ । समाजिक सञ्जाल ट्वीटर मार्फत उहाँले भन्नुभएको छ ‘नयाँ चुनाव नै त्यो अवसर हो जनतामा गएर प्रजातन्त्रको रक्षागर्ने वा भ्रष्ट कम्युनिष्ट घटकसंग मिलेर क्षणिक सत्तास्वार्थमा रमाउने कंग्रेस र जसपा अग्निपरीक्षामा छन् ।’
त्यस्तै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बिश्वासको मतलिने भएपछि विद्यमान राजनीतिक विकृतिरअस्थिरता अन्त्यगर्ने अवसर प्राप्त भएको बताउनुभएको छ । उहाँले नयाँ चुनावमा जानुको विकल्प नरहेको औँल्याउनुभएको छ ।
प्रकाशित मिति : 14:29









