२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

शेरबहादुर र प्रचण्डलाई सूर्यचिन्हबाट चुनाव जितेकाहरू मेरो हो भन्न किन लाज नभएको ?

२० वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्काको श्रीमतिमाथि दाबी प्रस्तुत गरेको शैलीमा सूर्य चिन्हबाट चुनाव जितेका सांसदहरूको हस्ताक्षर हाम्रो हो भनेर अस्वभाविक दाबी प्रस्तुत गरेपछि अनेकखालका प्रश्नहरू जन्मिएका छन ।

संविधान र कानुन भन्दा माथि देउवा र प्रचण्ड हुन्छन त भन्ने प्रश्न समेत जन्मिएको छ । लुम्बिनीको प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेल बुहमतप्राप्त दलको नेताको हैसियतामा पुनः मुख्यमन्त्रीमा नियुक्त भए लगत्तै देउवा र प्रचण्डले विज्ञप्ति नै निकालेर सूर्य चिन्हमा चुनाव जितेका उम्मेदवारको हिसाब समेत जोडेर बहुमत सिद्ध गर्ने नौटंकी गरेका छन ।

लुम्बिनीमा सूर्य चिन्हबाट चुनाव जितेर एमालेको संसदीय दलको बैठकमा सहभागी हुनेगरेका सांसद ४२ जना छन । कुल ८१ सदस्यीय प्रदेशसभामा एमाले एक्लैको बुहमत रहेकाले कांग्रेस र माओवादीको रोएर आशुँ झार्नुको कुनै तुक छैन् । देउवा र प्रचण्डको यही आँशु झार्ने प्रवृतिमाथि मुख्यमन्त्री पोखरेलले समेत टिप्पणी गरेका छन ।

मुख्यमन्त्री पोखरेलले संविधानका सामान्य कुरा समेत संविधान निर्माणमा नेतृत्व गर्ने शेरवहादुरजी, पुष्पकमल दाहलजी र उपेन्द्र यादवजीलाई नहुनु आश्चार्यको कुरा रहेको बताएका छन । उनले भनेका छन ‘चर्चामा ल्याइएका अन्य सांसदहरु समेत दलको वैठकमा उपस्थित रहेर सरकारमा दावी गर्ने निर्णयमा सहमती जनाउनु भएको हो । सूर्य चिन्हवाट चुनाव लडेका उहाँहरुको समर्थन कानुनी रुपमा समेत अन्यदललाई हुनु सक्तैन । यस्तो कुरा संविधान निर्माणमा नेतृत्व गर्ने शेरवहादुरजी, पुष्पकमल दाहलजी र उपेन्द्र यादवजीलाई नहुनु आश्चार्यको कुरा हो ।’

प्रकाशित मिति : 09:11