२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएपछि वैशाख २७ का लागि संसद आह्वान

१९ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुहुने भएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिने इच्छा गरेपछि आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति समक्ष प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि संसद बैठक बोलाउन सिफारिस गरेको थियो । सोही अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा १ बमोजिम संसद बैठक आव्हान गर्नुभएको छ । प्रधानमन्त्रील  संविधानको धारा १०० को उपधारा १ बमोजिम विश्वासको मत लिन लाग्नुभएको हो ।

प्रकाशित मिति : 20:04