३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा

१९ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास जानुभएकाे छ । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास जानुभएकाे हाे ।

एमालेले बालुवाटारमा स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको थियो । बैठकमा भएको छलफल तथा निर्णय बाहिर आइसकेको छैन ।बैठक सकिएलगत्तै प्रधानमन्त्री शीतल निवास पुग्नसभएकाे स्राेतले बताएकाे छ ।

प्रकाशित मिति : May 2, 2021 at 1:53 pm