२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

मुख्यमन्त्री पोखरेलको राजिनामा स्वीकृत (प्रदेश प्रमुख कार्यालयको विज्ञप्तिसहित)

१९ वैशाख, वुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिनुभएको राजिनामा राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख कार्यालयले विज्ञप्तीमार्फत प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले संविधानको धारा १६९ (१) (क) अनुसार राजीनामा स्वीकृत गरेको जानकारी दिएको छ ।

प्रदेश सरकार गठन हुँदाको अहिलेको कानूनी परिस्थिती फरक भएकोले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उद्देश्यले पोखरेलले राजीनामा दिनुभएको बिहानको एमाले संसदीय दलको कार्यालयमा जानकारी गराउनुभएको छ ।

प्रकाशित मिति : 09:56