लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरूद्धको अविश्वासको प्रस्ताव सदनमा पेश हुँदै
१९ वैशाख, वुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरका विरूद्धमा प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव आज सदनमा पेश हुँदैछ । प्रदेश सभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेश सभामा यही वैशाख ६ गते दर्ता भएको अविश्वासको प्रस्ताव पेस हुने कार्यसूची रहेको छ । प्रस्तावमाथि आज छलफल चलाएर भोलि नै निर्णयार्थ पेश गर्ने कार्यसूची तय भएको छ ।
आज सांसदहरूले अविश्वासको प्रस्तावमा छलफल गर्नेछन भने भोलि मुख्यमन्त्री पोखरेलले त्यसको जवाफ दिनुहुनेछ । लुम्बिनीका चार सांसद घटेर कुल संख्या ८१ कायम भएको छ । जसमा एमालेका ४१, कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका दुई, जनमोर्चाका एकजना सांसद रहेका छन् ।
प्रकाशित मिति : 09:45









