९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

नुवाकोटमा परीक्षण गराउने मध्ये ९९ प्रतिशतमा कोरोना संक्रमण

१७ वैशाख, नुवाकोट । पछिल्लो दिनमा देशभर तीव्र रूपमा कोरोनो फैलिरहेकोमा नुवाकोटमा परीक्षण गराउने मध्ये ९९ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ । समान्य लक्षण देखिएर शंकाको भरमा स्बाव दिन गएका ९९ प्रतिशतमा कोराेना संक्रमण पुष्टि भएको हो ।

त्रिशुली अस्पतालमा संकलन गरिएको स्वाहरू मध्ये ९९ प्रतिशतमा काेराना देखिएको हो । ४६ जनाले स्वाब दिँदा ४५ जनामा कोरोना पोजेटिभ देखिएको छ । यो भनेको परीक्षण गराउन गएका मध्ये ९९ प्रतिशतमा काेराना रहेको छ । अस्तिको दिन पनि नुवाकाेटका नतिजामा परीक्षण गराउने मध्ये ९९ प्रतिशतमा काेराेना पाेजेटिभ देखिएको थियो ।

प्रकाशित मिति : April 30, 2021 at 6:52 pm