९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

काठमाडौँ उपत्यकामा थपिए २९५६ काेराेना संक्रमित

१७ वैशाख, काठमाडाैँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २९५६ जना काेराेना संक्रमित थपिएका छन् । थपिएका काेराेना संक्रमितमध्ये  काठमाडौँमा मात्रै २४०४ जना, ललितपुरमा ४१९ जना र भक्तपुरमा १३३ जना रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१५,३९१ पीसीआर परीक्षण गर्दा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हाे । कोरोना भाइरस संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ ।

 

प्रकाशित मिति : April 30, 2021 at 4:36 pm