गायक प्रकाश सपूतलाई कोरोना संक्रमण
१७ वैशाख,काठमाडौंँ । गायक प्रकाश सपूतलाई कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँ मेडिकल कलेज (केएमसी)मा गरिएको पीसीआर परिक्षणमा सपूतको रिपोट पोजेटिभ आएको हो । सपूतले आफु कोरोना संक्रमित भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । गायक सपूतले सम्पर्कमा रहनु भएका सबैलाई पीसीआर परीक्षण गर्न आग्रह गरेका छन् । एकदमै धेरै शरीर दुख्ने–गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाइटी महसुस भएपछि आफूले पीसीआर टेस्ट गराएको जानकारी उनले दिएका छन् । सपूत अहिले होम आइसोलेशनमा छन् ।
उनले भने,‘ मेरो रिपोर्ट पोजेटिभ आएको छ । स्वास्थ्य अवस्था सामान्य छ ।’ उनले कोरोना संक्रमणलाई सामान्य नठान्न आग्रह गरेका छन् । उनले भने,‘ कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौ तर यसलाई सामान्य भने नठानौ । किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साहि बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौ ।’
प्रकाशित मिति : April 30, 2021 at 4:00 pm



