लुम्बिनी प्रदेशका चार सांसद पदमुक्त गर्ने निर्णयविरुद्ध महन्थ ठाकुर निर्वाचन आयोगमा
१७ वैशाख, काठमाडौँ । लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यलाई निष्कासन गर्ने पार्टीको निर्णयविरुद्ध जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुग्नुभएकाे छ । ठाकुरले २०७७ पुस ७ गतेपछि जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक नै नबसेको र बैठक बोलाउन कुनै सूचना पनि जारी नगरिएको बताउनुभएकाे छ ।
लुम्बिनी प्रदेशमा सांसदलाई पार्टीबाट निष्काशन गरेको बारेमा पार्टीका अध्यक्ष महन्थ ठाकुरले ध्यानाकर्षण गराउनुभएकाे निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : 14:47









