पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार सुरु
१७ वैशाख, काठमाडाैँ । कोरोना संक्रमित पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । उनलाई यो विधिबाट बिहीबार साँझदेखि उपचार थालिएको नर्भिक इन्टरनेसनल हस्पिटलले जनाएको हो ।श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि उनलाई बुधबार साँझदेखि आईसीयूमा राखेर उपचार गर्न तालिएकाे थियो । आज पनि शाहलाई आइसियूमै राखेर उपचार भइरहेको छ। अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनलाई पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा राखिएको छ । पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । वैशाख ७ गते उनीहरू नर्भिकमा भर्ना भएका थिए।

प्रकाशित मिति : April 30, 2021 at 10:39 am



