२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

एक वर्षदेखि खाँदबारी कारागारमा रहेका विप्लव माओवादीका नेता माइला लामा रिहा

१६ वैशाख, काठमाडाैँ । एक वर्षदेखि खाँदबारी कारागारमा रहेका विप्लव माओवादीका नेता माइला लामा रिहा हुनुभएको छ । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले समाजिक सञ्जाल मार्फत लामा रिहा भएको जानकारी दिनुभएको छ ।

नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज लामा एक वर्षदेखि जिल्ला कारागार खाँदबारीमा रहनुभएको थियो । सरकार र विप्लव समूहबीच तीनबुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेताहरुलाई रिहा गर्न सर्कुलर गरेको थियो ।

खाँदबारी कारागारमा विप्लवका केन्द्रीय सदस्य लामा, संखुवासभा जिल्ला इन्चार्ज देव गुरुङसहित १० नेता कार्यकर्ता रहनुभएकोमा सबै रिहा हुनुभएको छ । विप्लवका केन्द्रीय नेता लामा २०७६ साउन ५ गते काठमाडाैंबाट पक्राउ पर्नुभएको थियो।

विप्लवका नेता लामालाई विभिन्न जिल्ला हुँदै संखुवासभा पुर्याइएको थियो। जिल्ला अदालत चैनपुरले संगठित रुपमा हातहतियार ओसारपसार, संचय तथा प्रयोग मुद्दामा २५ हजार रुपैयाँ धरौटी लामासँग माग गरेको थियो । २५ हजार धरौटी बुझाउन नसकेपछि जिल्ला अदालत चैनपुर ०७६ फागुन ७ गते कारागार चलान गरेको थियो । लामा तत्कालीन माओवादीको जनसांस्कृतिक महासंघको अध्यक्षसमेत हुनुहुन्थो ।

प्रकाशित मिति : 20:36