पूर्वरानी शाहलाई प्लाज्मा थेरापीबाट उपचार गरिने
१६ वैशाख, काठमाडौँ । पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई प्लाज्मा थेरापीबाट उपचार गरिने भएको छ। नर्भिक इन्टरनेसनल अस्पतालले काेराेना संक्रमित शाहका लागि प्लाज्माको खोजी गरिरहेको हो। अस्पताल स्रोतका अनुसार हाल उनको लागि प्लाज्माको खोजी भइरहेको बताइएको छ। हाल उनलाई अक्सिजनको मात्रा कम देखिएपछि आइसियुमा राखेर उपचार भइरहेको छ। उनलाई हाइफ्लोमा अक्सिजन दिइरहेको विहान अस्पतालले विज्ञप्ति जारी गरी जनाएको थियाे। कोरोना संक्रमण भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल वैशाख ७ गते नर्भिक अस्पताल भर्ना भएका थिए।

प्रकाशित मिति : April 29, 2021 at 4:50 pm



