हेटौँडाका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु
१६ वैशाख, चितवन । हेटौँडाका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत हेटौँडा उपमहानगरपालिका–१२ का एक वृद्धको मृत्यु भएको हो । ८० वर्षीय उनको आज बिहान ९ : १५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । निमोनियाका कारण वैशाख १ गते कोरोना परीक्षण गर्दा सङ्क्रमित भई भरतपुर अस्पतलमा उपचाररत उनको उपचारका क्रममा कोेभिड सघन उपचार कक्षमा मृत्यु भएको हो ।
प्रकाशित मिति : April 29, 2021 at 2:06 pm



