९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

कोरोनाबाट सेती प्रादेशीक अस्पतालमा उपचाररत एक महिलाको मृत्यु

१६ वैशाख, धनगढी । कैलालीको धनगढीमा रहेको सेती प्रादेशीक अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । अस्पतालको आकस्मिक वार्डमा उपचाररत धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीया महिलाको गए राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिली श्रेष्ठले जानकारी दिनुभयो । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि यही वैशाख १४ गते अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित मिति : April 29, 2021 at 12:41 pm