९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

काेराेना संक्रमित पूर्वरानी कोमल शाहलाई आईसीयू सारियो

१६ वैशाख, काठमाडौँ । कोरोना संक्रमण भएर उपचाररत पूर्वरानी कोमललाई आईसीयूमा सारिएको छ । । शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको हो । अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या देखिएको छैन,’ नर्भिक अस्पतालले भनेको छ । कोराेना संक्रमण भएपछि चार दिनअघि पूर्वराजा ज्ञानेन्द्र र रानी कोमल नर्भिक अस्पताल भर्ना भएका थिए । लगत्तै पूर्वअधिराजकुमारी प्रेरणा पनि संक्रमण भएर सोही अस्पताल भर्ना भएकी छन् । अस्पतालका अनुसार ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा छन् । प्रेरणालाई भने अक्सिजन दिनु नपरेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : April 29, 2021 at 10:59 am