मिथिला चित्रकला सङ्ग्रहालयको शिलान्यास
१५ वैशाख, जनकपुरधाम । प्रकृति संरक्षण गर्ने उद्देश्यले मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत जनकपुरधामको कनपट्टि गाउँमा मिथिला चित्रकला सङ्ग्रहालयको शिलान्यास गरिएको छ । प्रदेशसभा सदस्य रामअशीष यादव, अभियान प्रमुख भगवान झा, वडाध्यक्ष परमेश्वर यादव, जनता समाजवादी धनुषा जिल्ला अध्यक्ष पशुपति यादव, जनकपुर उद्योग वाणिज्य सङ्घका अम्बुप्रसाद साहले संयुक्त रूपमा सो योजनाको शिलान्यास गर्नुभएको हो ।
सो योजनाअन्तर्गत रु पाँच करोडको लागतमा मिथिला कला ग्यालरी, ऐतिहासिक पोखरी सुब्बाजीको सौन्दर्य बढाउने, वृक्षरोपण र बाल उद्यान निर्माण गरिनेछ । प्रदेशसभा सदस्य यादवले १५ महिनाभित्र योजनाको कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।
प्रकाशित मिति : April 28, 2021 at 5:09 pm



