९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

एकैदिन थपिए ४८९७ कोरोना संक्रमित

१५ वैशाख, काठमाडाैँ । पछिल्लाे २४ घण्टामा थप ४८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४ हजार ७७४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

१३ हजार ८७९ जनाको पीसीआर र ९५५ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४८९७ जना संक्रमित भेटिएका हुन् ।

 

प्रकाशित मिति : April 28, 2021 at 4:48 pm