१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

निषेधाज्ञा अवधिभर सुन आयात नहुने, कारोबार मूल्य भने तोकिने

१५ वैशाख, काठमाडौँ । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ ।  बुधबार एक सूचना जारी गर्दै महासंघले कोराेनाको दोस्रो लहरमा सरकारले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेसँगै निषेधाज्ञा रहेसम्म महासंघको कार्यालय बन्द गरिने जनाएको हो । निषेधाज्ञाका कारण देशका प्रमुख शहरहरुमा सुनको कारोबार नहुने भएकाले आयात रोक्ने निर्णय गरिएको महासंघले जनाएकाे छ । अहिले हरेक दिन बैंकमार्फत २० किलो कच्चा सुन अयात भइरहेको छ ।

निषेधाज्ञा अवधिभर सुनको बजार कारोबार मूल्य भने तोक्ने कार्य भने निरन्तर रहने महासंघले जनाएको छ ।

 

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार १३:५३