१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

स्पेशल प्रि ओपनिङ्गमा कतिमा भयो सिंगटी हाइड्राेको पहिलाे कारोबार ?

१५ वैशाख, काठमाडाैँ । धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडकाे पहिलो कारोबार भएको छ । स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीकाे काराेबार प्रतिकित्ता ३०० रूपैयाँमा भएकाे छ । मंगलबार कम्पनीकाे १ करोड ४५ लाख कित्ता साधारण सेयर (आईपीओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे । नेप्सेले यो कम्पनीलाई पहिलो कारोबारका लागि न्यूनतम १०० रुपैयाँ र अधिकतम ३०० रुपैयाँ रेन्ज तोकेको थियो। कम्पनीकाे आइपिओलाई शेयर काराेबार गर्नका SHELसंकेत प्रदान गरिएको छ ।

 

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार ११:३३