९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

काठमाडौँमा मास्क नलगाइ हिँड्ने १६ सय जनालाई सडकमै उभ्याइयो

१३ वैशाख, काठमाडौँ । काठमाडौँमा मास्क नलगाइ हिँड्नेलाई प्रहरीले सडकमै उभ्याएर राख्न थालेको छ । सोमबार बिहानमात्रै काठमाडौंका विभिन्न स्थानमा गरेर १६ सयजनालाई सडकमै ‘होल्ड’ गरिएको काठमाडौं प्रहरीका एसएसपी अशोक सिंहले जानकारी दिए । उनका अनुसार यसअघि मास्क अनिवार्य लगाउन प्रहरीले पटक पटक आग्रह गर्दै आएको थियो । कोरोना संक्रमण बढेपछि यस्तो गर्नुपरेको प्रहरीले जनाएको छ । ‘होल्ड’ गरेर राखिएकालाई केहीबेरपछि छाडिएको थियो । प्रहरीले सोमबारदेखि काठमाडौंका विभिन्न स्थानमा मास्क नलगाइ हिँड्नेलाई सडकछेउमै उभ्याएर राख्न थालेको हो ।कोरोना संक्रमण बढेसँगै मास्क अनिवार्य गरे पनि कैयौँ स्थानमा अझै मास्कबिना हिँडिरहेको पाइएपछि सडक छेउमै उभ्याएर राख्न लागिएको हो ।

 

प्रकाशित मिति : April 26, 2021 at 2:41 pm