जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ घाइते
१३ वैशाख, काठमाडाैँ। बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । घाइते ११ जना मध्ये चालक तारनदत्त जोशीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।दुघटनामा मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकका ५५वर्षीय देविदत्त जोशी रहेका छन् ।
घाइते सबैको उद्धार गरी अहिले पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको र मृतक जोशीको शव पोष्टमार्टमको तयारी भइरहेको प्रहरीले जनाएको छ । महेन्द्रनगरबाट जन्ती बोकेर बैतडी आउँदै गरेको सु.प.प्र. ०२००१ ज ३७७ नम्बरको बोलेरो जिप पाटन नगरपालिका वार्ड न.६ को घट्टे गाडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रकाशित मिति : April 26, 2021 at 10:48 am



