वरिष्ठ पत्रकार केदार कोइराला बलात्कार मुद्दामा दोषी ठहर
१२ वैशाख, काठमाडौँ । वरिष्ठ पत्रकार केदार कोइरालालाई बलात्कार मुद्दामा दोषी ठहर हुनुभएको छ । आफ्नै घरमा रहेकी एक बालिकालाइ बलात्कार गरेको अभियोग लागेको कोइरालाको मुद्दामा जिल्ला अदालत काठमाडौँले सफाइ दिँदै पीडितलाइ क्षतिपूर्ति भराउनुपर्ने अनौठौ खालको आदेश दिएको थियो ।
उच्च अदालत पाटनका न्यायाधीद्धय नवराज थपलिया र अच्युत विष्टको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याएको छ । फैसला उल्टिएसँगै अदालतले कोइरालालाई दोषी ठहर गरेको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले आरोप पुष्टि नहुने भन्दै कोइरालालाई सफाई दिएको थियो । उच्च अदालत पाटनले अब कोइरालालइ सजाए तोक्न सुनुवाइ गर्नेछ । मुलुकी फौजदारी संहिताले दोषी ठहर र सजाय निर्धारण छुट्टाछट्टै पेशीमा गर्ने व्यवस्था गरेका कारण अर्को सुनुवाइमा कोइरालाको सजाए तोकिने छ ।
प्रकाशित मिति : April 26, 2021 at 6:58 am



