७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

आइतबार सुनको मूल्यमा गिरावट, कति पुग्यो तोलाको ?


१२ वैशाख, काठमाडाैँ । आइतबार नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ । आज सुनको मूल्य तोलाको ४ सय रुपैयाँले घटेर हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य तोलाको ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । शुक्रबार छापावाल सुन तोलाको ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको  थियाे ।

त्यसैगरी, आज तेजावी सुनको मूल्य  तोलाको ९० हजार ८ सय रुपैयाँमा काराेबार भएको छ । शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९१ हजार २ सय रुपैयाँमा काराेबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलाको १३२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर तोलाको १३१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

 

 

प्रकाशित मिति : १२ बैशाख २०७८, आईतवार ११:१३