केपी ओली र माधव नेपालबीचको संवादहिनता तोडियो, सकारात्मक परिणामको अपेक्षा
८ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र कारबाहीमा परेका वरिष्ठ नेता माधवकुमार नेपालबीचको संवादहिनता तोडिएको छ । राजधानीको मध्यभाग कमलपोखरीमा रहेको पाँचतारे मेरियट होटलमा उहाँहरूबीच वार्ता भैरहेको छ ।

उहाँहरूको वार्तामा अर्थमन्त्री विष्णु पाैडेल साक्षी बस्नुभएको छ । एमालेको विवाद उत्कर्षमा पुगेको बेलामा दुइ नेताको बीचमा रहेको संवादहिनता तोडिएको हो । त्यसअघि नेता योगेश भट्टराइले प्रधानमन्त्रीलाइ अन्तिममा एक पटक निर्णायक वार्ता गर्न सुझाव दिनुभएको थियो ।
प्रकाशित मिति : 18:27









