थप २३५१ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडाैँ उपत्यकामा मात्र १०५१ थपिए
८ वैशाख, काठमाडाैँ । पछिल्लो २४ घण्टामा देशभर २३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ८८४ नमुनाको पीसीआर परीक्षण गर्दा २२२० जना र ८०३ एन्टिजेन टेष्ट गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो । काराेनासंक्रमण पुष्टि भएकामा अधिकांश काठमाडाैँ उपत्यकाका रहेका छन् । अाज काठमाडौँमा ७८६ जना, भक्तपुरमा ८४ जना र ललितपुरमा १८१ जनामा गरी काठमाडौँ उपत्यकामा मात्र १०५१ जना काेराेना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १० हजार ५८२ पुगेको छ ।
प्रकाशित मिति : April 21, 2021 at 4:44 pm



