३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने जिम्मा प्रचण्डलाई

८ वैशाख, काठमाडौँ । सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई  जिम्मेवारी दिएको छ। बुधबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई दिने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले बताए । उनले भने ‘वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिइएको छ, आवश्यक निर्णय उहाले लिनुहुन्छ ।

प्रकाशित मिति : April 21, 2021 at 4:12 pm