७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

बुधबार नेप्सेमा ७ लाख ९७ हजार कित्ता सेयर सूचीकृत


८ वैशाख, काठमाडाैँ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दुई कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । नेप्सेमा आज नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर र छ्याङ्दी हाइड्रोपावरको बोनस सेयर सूचिकृत भएकाे हाे । नेप्सेमा नारायणी डेभलपमेन्ट बैंक र छ्याङ्दी हाइड्रोपावरकाे गरी कुल ७ लाख ९७ हजार ९१९ कित्ता सेयर सूचीकृत भएको हो। नेप्सेमा बैंककाे ६ लाख ५६ हजार एक सय ६९ कित्ता हकप्रद सेयर सूचिकृत भएकाे छ ।

बैंकले १:१ को अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद सेयर निष्कासन गरेकाे थियाे । यसैगरी,  नेप्सेमा छ्याङ्दी हाइड्रोपावरका १ लाख ४१ हजार ७५० कित्ता बोनस सेयर सूचीकृत भएको छ। यो कम्पनीले सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार १६:३६