नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा एक साता लकडाउन
८ वैशाख, काठमाडौँ । कोरोना संकमण बढ्दै गएपछि लुम्बिनी प्रदेशको बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रामा बुधबार राति १२ बजेदेखि लकडाउन हुने भएको छ । कोरोना भाइरस संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यकबाहेकका सेवा बन्द गरेको हाे । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ल बाँकेले एक साता लकडाउन गर्ने निर्णय गरेको थियो । केन्द्रले अनुमति दिएपछि आज रातिबाट लागू हुने गरि लकडाउन गर्ने बाँकेका प्रमुख जिल्ला अधिकारी जानकारी दिए ।

प्रकाशित मिति : April 21, 2021 at 1:34 pm



