१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

सीईडीबी हाइड्रोपावरले वैशाख १७ गतेबाट आईपीओ निष्काशन गर्ने

८ वैशाख, काठमाडाैँ । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वैशाख १७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कूल २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ वैशाख १७ गतेबाट निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ। भने बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा २५ लाख १८ हजार २३० कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त आईपीओ सर्वसाधारणमा निष्काशन गर्न बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ । आईपीओमा लगानीकर्ताले छिटोमा वैशाख २१ गते र ढिलोमा वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ।

प्रकाशित मिति : 11:17