१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

७ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ५५ जनाको पीसीआर परीक्षण गर्दा १६६७ जना र ६८३ जनाको एन्टीजेन परीक्षण गर्दा ६९ जनामा काेराेना संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म काेराेना संक्रमितकाे संख्या २ लाख ८७ हजार ५६७ जनामा छन् । पछिल्लो २४ घण्टामा २५१ जना निको भएका छन् । याेसँगै निको हुनेको कूल संख्या २ लाख ७५ हजार ८०६ जना रहेको छ । काेराेना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएकाे छ । हालसम्म काेराेना संक्रमणका कारण  मृत्यु हुनेको संख्या ३१ सय २ जना रहेको छ । नेपालमा ५ हजार ६५९ जना आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : April 20, 2021 at 5:52 pm