६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

७ वैशाख, काठमाडौँ ।  हवाई इन्धनको मूल्य वृद्धि भएसँगै आन्तरिक वायुसेवा कम्पनीहरुले हवाई भाडा वृद्धि गरेका छन् । वायुसेवा संचालक संघलेले आज रातिबाट लागू हुने गरी आन्तरिक हवाई भाडादर बढाएकाे हाे ।

निगमले इन्धनमा मूल्य वृद्धि गरेसँगै संघले आज प्रेस विज्ञप्ती जारी गर्दै भाडा बढाएको जानकारी दिएको छ । अन्तरिक हवाई सेवामा समेत इन्धनको मूल्य वृद्धि भएपनि साविकको भाडामा न्यूनतम १० रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँ सम्म वृद्धि गरिएको एसोसिएसनका प्रवक्ता योगराज कँडेलले जानकारी दिए ।

 

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलवार १६:४२