मध्यभोटेकोशी जलविद्युतले पायो १ करोड ५० लाख कित्ता आईपीओ निष्कासन गर्ने अनुमति
७ वैशाख, काठमाडाैँ । मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट साधारण सेयर (आईपीओ) निष्कासन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले १ करोड ५० लाख कित्ता आइपिओ जारी गर्ने अनुमति दिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता आइपिओ ल्याउन अनुमति पाएको हो ।
।

कम्पनीले पहिलो चरणमा १० प्रतिशत दरको ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानिय बासिन्दाको लागि आईपीओ बिक्री गर्नेछ भने दोस्रो चरणमा १५ प्रतिशतका दरले ९० करोड रूपैयाँ बराबरको ९० लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।
प्रकाशित मिति : April 20, 2021 at 3:27 pm









