२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

६ वैशाख, काठमाडाैँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन्। उनीहरूले माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका छन्। अविश्वास प्रस्तावमा ४१ सांसदले हस्ताक्षर गरेका छन् । जसमा नेपाली कांग्रेसका १९, माओवादीका १७ र जसपाका ५ जना छन् ।

८७ सदस्यीय प्रदेशसभाका दुई सदस्य (माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका) पदमुक्त भएकाले छ । नयाँ सरकार बनाउन ४३ प्रदेशसभा सदस्य चाहिन्छ ।

प्रकाशित मिति : 13:39