२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

अन्य दलसँग छलफल गर्न भन्दै माओवादी केन्द्रको बैठक स्थगित

६ वैशाख, काठमाडाैँ । आज अपराह्नका लागि बोलाइएको नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक स्थगित गरिएको छ । सरकारले आजदेखि लागू हुने गरी संसद्को हिउँदे अधिवेशन अन्त्य गरेपछिको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा अन्य दलसँग छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित भएको स्थायी समिति सदस्य गणेश साहले जानकारी दिनुभयो ।

विकसित राजनीतिक घटनाक्रमका बारेमा अन्य दलसँग शीर्ष नेतृत्वको छलफलपछि सम्भवतः मङ्गलबार स्थायी समिति बैठक बस्ने उहाँले बताउनुभयो । समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न माओवादी केन्द्रले आज स्थायी समिति बैठक बोलाएको थियो ।

प्रकाशित मिति : 12:56