२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

संसदकाे हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

६ वैशाख, काठमाडौँ ।  सरकारले संसदकाे हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ।  आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो । संसदको हिउँदे अधिवेशन आज अपरान्ह १ बजेबाट अन्त्य हुने भएको छ । संसद अधिवेशन अन्त्यका लागि मन्त्रिपरिषदको आजको बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेको  छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते विघटन गरेको संसद्‌ सर्वोच्च अदालतले फागुन ११ गते पुनःस्थापित गरिदिएको थियो। पुनर्स्थापना भएपछि गत फागुन २३ गतेदेखि हिउँदे अधिवेशन सुरु भएको थियो ।

प्रकाशित मिति : 10:19