३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

प्रचण्डलाई सूर्य चिन्ह बुझाउन असफल माधव नेपाल समूह फेरि सूर्य माग्दै निर्वाचन आयोगमा

५ वैशाख, काठमाडौँ । नेकपा हुँदा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डलाई सूर्य चिन्ह बुझाउन भरमग्दुर प्रयास गरेर पनि असफल भएको नेकपा एमालेबाट कारबाहीमा पर्नुभएका माधवकुमार नेपाल समूहका नेताहरू फेरि सूर्य चिन्ह माग्दै निर्वाचन आयोग पुगेका छन । पार्टीको आधिकारिकता दाबीसहित उनीहरू सूर्य चिन्ह माग्दै आयोग पुगेका हुन ।

आइतबार माधवकुमार नेपालका नेताहरू राजेन्द्र पाण्डे र बेदुराम भुसाल निवेदन बोकेर निर्वाचन आयोग पुग्नु भएको छ । उहाँहरूले राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ को (ख) र (ग) र ४४ को (१) अनुसार कारवाही प्रक्रिया अघि बढाउन लिखित निवेदन दिनुभएको छ । दफा ४३ को (ख) मा दलको छाप, विधान, झण्डा वा चिन्हबारे उल्लेख गरिएको छ। त्यस्तै ९ग० केन्द्रीय समितिका निर्णयको अधिकारिकताबारे उल्लेख छ।

यसअघि बहुमतको बलमा आयोग पुगेका माधव नेपाल समूहका नेताहरू यसपटक भने एमालेभित्रको एउटा सानो समूहको प्रतिनिधित्व गर्दै पुगेका हुन । उनीहरूले यसअघि पनि सूर्य चिन्ह मागेर उहाँहरूले माओवादी केन्द्रका नेताहरूलाइ बुझाउने असफल प्रयास गर्नुभएको थियो ।

माधव नेपाल समूहका करिब दुइ दर्जन नेता एमालेमा नबसी माओवादी केन्द्रमा समाहित हुने बाटोको खोजीमा जुटेका छन । उनीहरूलाइ प्रचण्डले यसअघि नै रेस्क्यु गर्ने बताइसक्नु भएको थियो । अहिले उहाँहरू माओवादीमा समाहित हुने सहज बाटोको खोजीमा हुनुहुन्छ ।

प्रकाशित मिति : April 18, 2021 at 9:13 pm