माओवादीमा विलयका लागि व्यापारीको घरमा बसेर प्रचण्डसँग छलफल गर्दै माधव नेपाल
४ वैशाख, काठमाडौँ । कुण्ठाले ओतप्रोत हुनुभएका नेकपा एमालेका निलम्बित नेता माधवकुमार आफ्ना केही नेतासहित माओवादीका विलयका लागि व्यापारीको घरमा बसेर योजना बनाइरहनुभएको छ । कोटेश्वरका व्यापारी चन्द्रलाल श्रेष्ठको घरमा बसेर माधव नेपाल समूहको विलयका लागि प्रचण्डसँग छलफल गरिरहेको बुझिएको छ ।

माधव नेपाल पक्षले माओवादीमा विलयको उद्घोष कर्णालीको प्रदेशसभाबाट गरिसकेको छ । त्यहाँ माधव नेपाल गुटका चार सांसदले माओवादीका मुख्यमन्त्रीका उम्मेदवार महेन्द्रबहादुर शाहीलाइ मत दिएका छन । त्यसको भोलिपल्टै व्यापारीको घरमा बसेर नेपाल र प्रचण्डले अर्को योजनाका लागि छलफल थाल्नु भएको हो । दुइ नेताको छलफलमा ठगीको अभियोग लागेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी हुनुहुन्छ ।
प्रकाशित मिति : 11:02









