७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

शुक्रबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


३ वैशाख, काठमाडाैँ । शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । शुक्रबारसुनको मूल्य ७ सय रुपैयाँले बढेर हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन  तोलाको ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार छापावाल सुन तोलाको ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको  थियाे ।

प्रतिकात्मक तस्बिर ।

त्यसैगरी, आज तेजावी सुनको मूल्य ९० हजार रुपैयाँमा काराेबार भएको छ । बिहीबार तेजावी सुनको मूल्य ८९ हजार ३ सय ५० रुपैयाँमा काराेबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलाको १२९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर तोलाको १३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार ११:४८