७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

रुरु जलविद्युतको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा


३ वैशाख, काठमाडाैँ । रुरु जलविद्युत् परियोजना लिमिटेडले जारी गरेको आईपीओको आज बाँडफाँड सम्पन्न भएको छ । आईपिओ बाँडफाँडको काम सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको केन्द्रिय कार्यालय नक्सालमा  सम्पन्न भएको हो ।कम्पनीले निष्काशन गरेको आईपीओमा कुल १६ लाख ८३ हजार १२१ आवेदनबाट २ करोड ३५ लाख ४६ हजार ४४० कित्ता शेयर खरिद आवेदन परेको थियो।

जसमध्ये ८ हजार ५३५ आवेदन रद्द भएका छन् भने बाँकी १५ लाख ९० हजार ८९६ आवेदन स्वीकृत भएका छन्। स्वीकृत आवेदनमध्ये न्यूनतम १० कित्ताका दरले ३७ हजार ९१६ जनालाई शेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ। अर्थात भाग्यमानी ३७ हजार ९१६ जना आवेदकले कम्पनीको १० कित्ता शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गरेपछि बाँकी रहेको ७ कित्ता सेयर भने १० कित्ता भन्दा बढी आवेदन दिएका मध्ये ७ जनालाई १–१ कित्ताका दरले थप गरिएको छ ।

कम्पनीले सर्वसाधारणका लागि १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये, २ प्रतिशत अर्थात् ८ हजार एक सय ५४ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् २० हजार ३ सय ८५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार एक सय ६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएकाे थियाे । कम्पनीको आइपिओको नजिता सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको www.iporesult.cdsc.com.np   नामक वेभसाइटबाट  हेर्न सकिनेछ । यसका साथै, निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड र रुरु जलबिद्युत परियोजना लिमिटेडको वेभसाइटबाट पनि  नजिता हेर्न सकिनेछ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार ११:०७