६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

बिहीबार बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


२ वैशाख, काठमाडाैँ । बिहीबार नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । बिहीबार सुनको मूल्य  ३ सय रुपैयाँले बढेर हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य  तोलाको ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।
मंगलबार छापावाला सुन तोलाको ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियाे ।

त्यसैगरी, आज तेजावी सुनको मूल्य  ८९ हजार ३ सय ५० रुपैयाँमा काराेबार भएको छ । मंगलबार तेजावी सुनको मूल्य ८९ हजार ५० रुपैयाँमा काराेबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलाको १२६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ३० रुपैयाँले बढेर तोलाको १२९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार ११:४४