६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

रुरु जलविद्युतको आईपीओ शुक्रबार बाँडफाँड हुने


२ वैशाख, काठमाडाैँ । रुरु जलविद्युत् लिमिटेडले चैत्र २० गते, शुक्रबारदेखि चैत्र २४ गते, मंगलबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ)  शुक्रबार बाँडफाँड हुने भएकाे छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटल काठमाडाैँ नक्सालस्थित नागपोखरीमा बिहान ८ बजे आईपीओ बाँडफाँड हुनेछ।

आईपीओमा अन्तिम दिनसम्म १६ लाख ६९ हजार १९ आवेदकबाट २ करोड ३३ लाख ९० हजार ९० कित्ता माग भएको छ। यो कुल मागभन्दा ६१.६८ गुणा बढी हाे ।  अन्तिम तथ्यांकलाई हेर्दा ग्राेलाप्रथाबाट वितरण गर्दा ३७ हजार ९ सय १६ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन् भने बाँकी १६ लाख ३१ हजार ६४९ जना भन्दा धेरै आवेदकको हात खाली हुनेछ ।

कम्पनीले सर्वसाधारणका लागि १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये, २ प्रतिशत अर्थात् ८ हजार एक सय ५४ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् २० हजार ३ सय ८५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार एक सय ६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएकाे थियाे ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार ११:२७