२७ बैशाख २०८१, बिहीबार | Thu May 9 2024

एक्सेल डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्कासन गर्ने


३० चैत, काठमाडाैँ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएकाे छ । बैंकले हाल कायम चुक्ता पुँजी १०:३ काे अनुपातमा १ सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ रुपैयाँ ४२ पैसा बराबरकाे २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेकाे हाे ।

बैंकले हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार १३:११