१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

महाभारतमा इन्द्र देवको भूमिकामा अभिनय गरेका सतीश कौलको कोरोनाले ज्यान लियो

२८ चैत,  काठमाडाैँ। महाभारतमा इन्द्र देवको भूमिकामा देखिएका अभिनेता सतीश कौलको निधन भएको छ। ७४ वर्षीय कौलको कोरोना संक्रमणबाट निधन भएको हो। बीआर चोपडाले बनाएको महाभारतमा कौल इन्द्र देवको भूमिका रहेका थिए । तीन सयभन्दा बढी पञ्जाबी तथा हिन्दी चलचित्रमा अभिनय गरिसकेका उनी अन्तिम क्षणमा वृद्धाश्रममा बस्न चाहन्थे तर कोरोनाले उनको रहर पूरा हुन सकेन ।

प्रकाशित मिति : April 10, 2021 at 10:41 pm