३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

nmt टाइप गरेर 34848 मा म्यासेज गरे नारायणगढ–मुग्लिन सडकखण्डबारे सूचना पाइने

१७ असार, काठमाडौं । पहिरोका कारण अबरुद्ध हुने गरेको नारायणगढ–मुग्लिन सडकखण्डमा सडक अबरुद्ध भएर नभएको बारेमा एसएमएसबाटै सूचना पाइने भएको छ ।

सडकको स्थितिबारे जानकारी दिने उद्देश्यले महानगरीय ट्राफिक महाशाखाले एसएमएस सेवा सुरु गरेको हो । महाशाखाका अनुसार एनएमटी टाइप गरेर ३४८४८ मा म्यासेज पठाए सडकको स्थितिको सूचना प्राप्त गर्न सकिनेछ ।

प्रकाशित मिति : July 1, 2018 at 3:15 pm