२० जेष्ठ २०८१, आईतवार | Sun Jun 2 2024

‘माइती घर २’ बनाउँदै भुवन केसी, मुख्य भुमिकामा अनमोल रहने


२६ चैत, काठमाडौँ । नेपाली चलचित्र  ‘माइतीघर’को सिक्वेलको रुपमा ‘माइती घर २’ निर्माण हुने भएको छ । अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीले उक्त चलचित्र निर्माण गर्न लागेका हुन् । चलचित्रमा नायक अनमोल केसीकाे मुख्य भुमिका रहने छ । भने अन्य कलाकार र प्राविधिक भने फाइनल हुन बाँकी रहेको छ । चलचित्रकाे कथाकस्तु तयार भइसकेकाे भुवन केसीले बताए । भुवन अहिले अर्काे फिल्म ‘पारस’को पनि काममा  ब्यस्त छन् ।

भुवन केसीकै निर्माण कम्पनी सुपर काजोल फिल्मस्को ब्यानरमा  यी दुबै फिल्म निर्माण हुन लागेको हो । ‘फिल्म ‘पारस’ र ‘माइतीघर २’ आफ्नै ब्यानरबाट निर्माणको तयारी गरेको छु’ अभिनेता भुवनले भने ‘दुइटै फिल्ममा हिरो अनमोल रहनेछन् ।’ कुन फिल्म पहिले बन्ने त्यो अहिले तय भएको छैन ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार १३:३२