२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

मेगा बैंकको एटिएम ह्याक गरि पैसा निकाल्न खाेज्ने चिनियाँ नागरिक पक्राउ

१८ चैच, काठमाडाैँ । एटिएम मेसिन ह्याक गरी पैसा निकाल्न खाेज्ने चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । दरबारमार्गस्थित मेगा बैंकको एटिएम ह्याक गरि पैसा निकाल्दै गर्दा  महानगरीय प्रहरी वृत्त दरबारमार्ग र काठमाडौँ परिसरको टोलीले विशेष सूचनाको आधारमा २९ वर्षीय वाङ जियोलोङलाई ठमेलको ज्याठाबाट पक्राउ गरेको हो।

उनीले दरबारमार्गस्थित  मेगा बैकको एटीएम मेसिनको किबोर्ड पिन नम्बर ह्याक गरी नगद निकाल्न खोज्दा पक्राउ गरिएकाे प्रहरीले जनाएको छ ।  उनको साथमा १० थान एटिएम, पासपोर्ट, इन्टरनेट कनेक्टर, पेन्राइभ, हिडेन क्यामरा, ड्रिल मेसिन, चाइनिज युएन, अमेरिकी डलर र नेपाली रुपैयाँ बरामद गरिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : March 31, 2021 at 1:59 pm