२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

मन्त्रिपरिषद् बैठकका यस्ता छन् निर्णय

७ तैत, काठमाडाैँ । सरकारले तत्कालिन पञ्चायती शासन व्यवस्था विरोधी आन्दोलनमा सरकारपक्षबाट हत्या भएका दुइ जनालाई सहीद घोषणा गरेको छ । चैत ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सरकारले झापा विर्तामोड ९ का चन्द्र डाँगी र सोही जिल्लाकै बुद्धशान्ति गाउँपालिका १ का रामप्रसाद प्रधानलाई  सहीद घोषणा गरेको हो ।

यस्तै फागुन २० गते बसेको मन्त्रिपरिषद् बैठकले होटल तथा रेष्टुरेन्टलाई कोभिड–१९ को बन्दाबन्दीको ६ महिनाको समयको शत प्रतिशत र त्यसपछिको चार महिनाको डिमाण्ड शुल्कको ५० प्रतिशत छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आइतबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएका हुन् ।

यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेका निर्णयः

 

प्रकाशित मिति : 18:39