बेल्जियम समूह विजेता बन्दै विश्वकप फुटबलको अन्तिम १६ मा
१५ असार, काठमाडाैँ । रसियामा जारी विश्वकप अन्तर्गत बिहीबार मध्ये राति सम्पन्न खेलमा इंग्ल्यान्डलाई पछि पार्दै बेल्जियम समूह विजेता बनेको छ। र ट्युनिसियाले पानामालाई पराजित गरेको छ। समूह जीको समूहचरणको अन्तिम खेलमा इंग्ल्यान्लाई १–० ले पराजित गर्दै बेल्जियम समूह विजेता बनेको हो ।

लेनिनग्राद मैदानमा भएको खेलको एकमात्र गोल बेल्जियमका एडनान जानुजाजले गरेका थिए। उनले खेलको ५१औँ मिनेटमा गोल गरेका हुन्। इंग्ल्यान्डलाई पराजित गरेपछि बेल्जियमले समूहका तीनवटै खेल जितेर अर्को चरणमा प्रवेश गरेको छ। अब बेल्जियमले नकआउट चरणमा समूह एचको उपविजेता जापानसँग खेल्ने भएको छ ।
भने समूह जी को उपविजेता इंग्ल्यान्डको भेट समूह एचको विजेता कोलम्बियासँग हुनेछ। बेल्जियम र इंग्ल्यान्ड यस अघि नै अन्तिम १६ मा प्रवेश गरिसकोका टोली हुन् । समूह एचको अर्को खेल समूह चरणबाटै बाहिरिइसकेका ट्युनिसिया र पानामाबीच भएको थियो। जसमा ट्युनिसियाले पनामालाई २–१ गोल अन्तरले पराजित गरेको थियो।
खेलको ३३ औँ मिनेटमा ट्युनिसियाका एसिनी मेरिहले आत्मघाती गोल गरेर पानामाको अग्रता बनाएका थिए। त्यसपछि भने पानामाले उक्त अग्रता रोक्न सकेन। ट्युनिसियाका लागि फकरेदिने बेन युसुफले ५१ औँ र वाहिव खजारीले ६६ औँ मिनेटमा गोल गरेका थिए। यससँगै यी दुबै टोली समूह चरणबाटै बाहिरिएको छ ।
प्रकाशित मिति : June 29, 2018 at 6:08 am









